८ दलीय गठबन्धनले बोलाए प्रदेश सांसदहरुको भेला

तु खबर संवाददाता
२०७९ फाल्गुन १५,सोमबार १५:३२
file-photo

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका ८ दलीय गठबन्धनले यही फागुन १९ गतेका लागि प्रदेश सांसदहरुको भेला बोलाएका छन् ।

राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।

सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको जनमत पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य अब्दुल खाँले बताए ।