समाचार
चितवन–२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता
काठमाडौँ । आगामी बैशाख १० गते चितवन क्षेत्र नम्वर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनको लागि उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...
स्ववियु चुनावका लागि देशभरका क्याम्पसमा समिति गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरीका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका देशभरीका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी...
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारहरुलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । पछिल्लो दुई सातामा प्रदेशमा जंगली...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी बतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ५८ वर्षीय रविभक्त सौंजु रहेका छन् । प्रहरीका अनुसार, उनी उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर...
गृह मन्त्रालयद्वारा सात सह–सचिवको जिम्मेवारी हेरफेर
काठमाडौं । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सह–सचिवको जिम्मेवारी हेरफेर भएको छ । जसअनुसार सह–सचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसैगरी, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा, रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला...
मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा...
प्रतिनिधि सभाका यी सांसदले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । संघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठुलो दल कांग्रेसका सांसदहरू...
आजबाट एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु
काठमाडौँ । नेपाल सरकारले आजबाट एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच वेब मनिटरिङ प्रणाली सुरुवात गरिएको हो । यस प्रणाली र वेबसाइटलाई सूचना प्रविधि विभागले विकास गरेको हो । हाल सरकारी निकायहरूले कार्यालयपिच्छे निजी क्षेत्रको परामर्श सेवामार्फत वेबसाइट...
भोलिबाट निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गते अर्थात भोलि बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो...
बलात्कार आरोपमा दुुई जना पक्राउ
भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन...









