समाचार
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश एकका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी...
आज ग्याल्पो ल्होसार मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी...
‘चाडपर्वले सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्याउँछ’
मकवानपुर । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले नेपाली चाडपर्वहरुले आपसी भाईचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याएको बताएका छन् । मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।...
बागमती प्रदेशसभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले यही फागुन १० गते अपराह्न २ बजे बस्ने गरी बैठक आह्वान गरेको जनाएको छ । उक्त बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेश सभाका प्रमुख सचिव...
लागूऔषधसहित ६ जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले गएराति पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकैबाट लागूऔषध नुफिन...
बागमती प्रदेश सभा सचिवालमा दुई वटा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज मंगलबार दुई वटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा सरकारको तर्फबाट दुई वटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, आज प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाको शर्तसम्बन्धन बनेको विधेयक २०७९ र स्थानीय तहका सेवाको...
समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन
काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिक सत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भएको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।
५३ किलो गाँजासहित २ जना पक्राउ
चितवन । प्रहरीले पूर्वी चितवनबाट सोमबार बिहान ५३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ...
मकवानपुरमा हात्तीको आक्रमणबाट अधिकारी घाइते
मकवानपुर । मकवानपुरमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् । बिहान करेसाबारीमा काम गर्दै गरेकी अधिकारीलाई हात्तीले आक्रमण गर्दा घाइते भएकी हुन् । घाइते उनको अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ...










