समाचार

मकवानपुरका एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित मंगलबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ ढकाल खोल्सीबाट अवैध लागूऔषध गाँजा अन्दाजी १५ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय सुमन प्रजा रहेका छन् । उनलाई ईलाका...

लोसपा मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । ८ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो । लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने जानकारी...

जसपा प्रदेश १ मा संगठन विस्तार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को कार्य समिति विस्तार गरेको छ । आज सम्पन्न जसपा प्रदेश १ समितिको पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षहरूमा क्रमशः सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद...

बुधबार दोहोरो अंकले घट्यो शेयरबजार

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।...

सामान्य प्रशासन मन्त्रालयले २८ उपसचिवको पदस्थापन गर्‍यो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ । बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो । पदस्थापन गरिएका अधिकांश उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ । पदस्थापन भएका उपसचिवहरुमा बाबुराम ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी,...

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा चुनाव चिन्ह परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार, मतदान गर्न सहज होस् र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको हो । यसअघि निर्वाचन...

सालनालसहितको शिशु मृत अवस्थामा फेला

सुर्खेत । सल्यानमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्वर ४ डोढेरामा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि...

सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघले १० दिनपछि सुनको भाउ सुनको भाउ भाउ बढेको जानकारी दिएको हो । फागुन ७ गतेयता बजारमा सुनको भाउ निरन्तर घटिरहेको थियो । उक्त मितिमा नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ३ हजार २०० रुपैयाँ...

कांग्रेसले टुंगो लगायो सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्ति

काठमाडौं । नेपाली कांग्रेसले फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय गरेको हो । भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

कैलाली । कैलालीको दुई छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका–९ र गोदावरी नगरपालिका–५ बाट मंगलबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले गोदावरी नगरपालिका–९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको...