समाचार
राष्ट्रपति चुनावका लागि मतदाता नामावली आज सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तरगतका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद मतदाता हुन्छन् । जसअनुसार, सातै प्रदेशका प्रदेश...
आजको मौसम : बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश एक, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश नं १ को पहाडी भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१...
बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक अपराह्न २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । यसअघि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय...
प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले घरेलु मैदानमा स्कटल्याण्डलाई पराजित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पारेको थियो । घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई प्रधानमन्त्रीले...
बलात्कार आरोपमा २ जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका–९ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी...
प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर
काठमाडौं । राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र...
स्वास्थ्य सेवा दिवस मनाउन मूल समारोह समिति गठन
काठमाडौं । सरकारले फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाउनका लागि मुख्य सचिव शंकरदास वैरागीका नेतृत्वमा समिति गठन गरेको हो । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ...
सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि मंगलबार उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ । यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या...
गाडीको ठक्करबाट बालकको मृत्यु
वीरगञ्ज । पर्सामा आज बिहान गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहान ८ बजेको समयमा हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १–०२७ च ०३०३ नम्बरको स्कारपियोले ठक्क दिँदा...
दूधको मूल्य बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार...










