राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा चुनाव चिन्ह परिवर्तन

तु खबर संवाददाता
२०७९ फाल्गुन १७,बुधबार १५:३७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो ।

पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार, मतदान गर्न सहज होस् र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको हो । यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।