मकवानपुरका एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १७:५३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित मंगलबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ ढकाल खोल्सीबाट अवैध लागूऔषध गाँजा अन्दाजी १५ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय सुमन प्रजा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति बोरामा उक्त परिणामको गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।