समाचार

दुई दिने बकैया कला–साहित्य महोत्सव सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको ३० औँ वार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित दुई दिने बकैया कला–साहित्य महोत्सव मङ्गलबार जनक माध्यमिक विद्यालय भीरकोटमा सम्पन्न भएको छ । बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजित महोत्सवको दोस्रो दिनका कार्यक्रमहरूमा स्रष्टा सम्मान, बकैया तथा बकैया बाहिरका विद्यार्थीहरूको रचना वाचन, चित्रकला...

९ किलो चरेशसहित ३ जना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट आरोपीहरुको साथबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९...

बुधबार शेयरबजारमा हरियाली छायो

काठमाडौं । केही दिनदेखि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख...

राष्ट्रपति चुनाव : मतदाता नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति चुनावको लागि निर्वाचन आयोगले मतदाता सूची सार्वजनिक गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका...

बागमतीमा एकैदिन ६ जना मृत अवस्थामा फेला

मकवानपुर । बागमती प्रदेशको तीन छुट्टाछुट्टै जिल्लामा गरी मंगलबार एकैदिन ६ जना मृत अवस्थामा फेला परेका छन् । प्रदेशको चितवन, धादिङ र सिन्धुलीमा गरी एकैदिन ६ जना मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दिएको छ । प्रहरीका अनुसार, चितवनमा तीन जना मृत अवस्थामा भेटिएका छन्...

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत

काठमाडौं । चिनियाँ राजदूत छनसोङ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भइरहेको बेला चिनियाँ राजदूत सोङ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उनबीच छलफल जारी छ । राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सङको बालुवाटार यात्रालाई अर्थपूर्ण...

बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा आज बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल...

आगामी चैत्र १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत्र १५ गतेदेखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने तयारी गरेको छ । केन्द्रले मुलुकका आठै वटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन...

जबरजस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष फरार

दार्चुला । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि दार्चुलका एक जना वडाध्यक्ष फरार भएका छन् । जबरजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिह धामी फरार भएका हुन् । फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत माघ २० मा राती घरमा गएर जबरजस्ती करणी गरेको भन्दै गत...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का...