राष्ट्रपति पदमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय

तु खबर संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १८:५२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उक्त पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमध्ये ८ दलीय सत्ता गठनबन्धनको तर्फबाट कांग्रेसका पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेबाट सुवास नेवाङलाई उम्मेदवार बनाएको छ ।