चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएकाsamir-balami छन् । काठमाडौं बुधबार सम्पन्न २३ औं साधारण सभाबाट बलामी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
बलामीले ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो । यस्तै, संघको उपाध्यक्षतर्फ कुबेर गिरी निर्वाचित भएका छन् । गिरीले ८३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत प्राप्त गरेका थिए ।
यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत प्राप्त गर्दा प्रदीप कार्कीले ७४ मतमा सीमित भए । सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा मनिष कार्की निर्वाचित हुँदा सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्वाचित भएका छन् । यस्तै समावेशी सदस्यमा महमद जलिम र महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरुमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाई, सिपी जैसी र सुरेन्द्र थापा निर्वाचित भएका छन् ।
