समाचार

५७.७४ अंकले घट्यो शेयरबजार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा गिरावट आएको छ । बुधबार ३३.५७ अंकले बढेको नेप्से परिसूचक आज ५७.७४ अंकको गिरावट आएको हो । बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार...

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

म्याग्दी । म्यादीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मंगला गाउँपालिका–३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापा रहेको प्रहरीले जनाएको छ । ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा आज बिहान माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ बस्ने ६० वर्षीया गेरुवा चौधरी रहेका छन् । बसको...

लोक सेवा आयोगद्वारा लिखित परीक्षा तालिका सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । आर्थिक वर्षमा २०७८/०७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ । आयोगले द्वितीय श्रेणी (प्रावधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत...

राष्ट्रपति चुनाव : मतदाता नामावलीमा सांसद चौधरीको नाम राख्न निवेदन

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम राख्न निवेदन परेको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको थियो । जसमा कैलाली–२ बाट निर्वाचित चौधरीको नाम समावेश छैन । मतदाता नामावलीमाथि दाबी विरोधको समय बिहीबार मध्यान्ह १२...

निर्माण व्यवसायी भेटवाल प्रहरीको फन्दामा

काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका हुन् । उनलाई घरबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै...

मृत अवस्थामा भेटिए प्रहरी जवान

सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका...

कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ...

बैंकको मेसिन फोर्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ

पोखरा । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गएराति करिब १२ बजे पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको...