समाचार

‘राष्ट्रपति पुस १० मै टुंगो लागेको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा गत पुस १० मै टुंगो लागेको बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो...

जसपाको कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक आज साँझ ६ बजेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने गरी आह्वान गरेको हो । बैठकमा बालुवाटारमा चार दल (कांग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले...

चार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री...

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले शनिबार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार विज्ञप्ति जारी गर्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरेका छन् । पार्टी कार्यालय सानेपामा बस्ने...

१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का सम्झौता

काठमाडौं । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ । समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक तुल्सीराम गौतमका अनुसार, जर्मनीको मचल्बर आईडी सर्भिसले...

१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

धनगढी । कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, २०६२ सालको भदौमा करेन्ट लागेर मृत्यु भएको घटनामा ऐडीले कर्तव्य ज्यान गरेको जिल्ला अदालतले ठहर...

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक शनिबार बिहान ९ बजे बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

राष्ट्रपति चुनाव : आज अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने भएको हो । आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते...

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा बस्ने गरी बोलाइएको हो । सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सो विधेयकमाथि संशोधन...