समाचार
मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते...
मकवानपुर प्रहरीले हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाईयो
मकवानपुर । मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । जिल्लाको बकैया गाउँपालिका–३, हात्तीसुडेका कृष्ण घिमिरेको चोरी भएको मोटरसाइकल फेला पारी बिहीबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गत माघ २९ गते बकैया–३, हात्तीसुडेस्थित घिमिरेको घरमै पार्किङ गरिराखेको बा प्र ०३–००२ प...
राष्ट्रपतिबारे छलफल गर्न तीन दलको बैठक जारी
काठमाडौं । राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक सिंहदरबारमा जारी छ । राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच बैठक सुरु भएको हो । जारी बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा...
हात्तीको आक्रमणबाट हेटौंडाका वाईबा घाइते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८, मानेडाँडामा बुधबार राति जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बुधबार राति १० बजेर २५ मिनेटको समयमा घर नजिक वनबाट निस्केको...
वृद्ध हत्याका आरोपमा छोरा–बुहारी पक्राउ
काठमाडौं । कपिलवस्तुमा छोरा–बुहारी मिलेर वृद्धको हत्या गरेको खुलेको छ । बिहीबार प्रहरीले शिवराज नगरपालिका–१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो । मगरे पासीको शव बुधबार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । खबर पाएपछि...
राष्ट्रपतिबारे छलफल गर्न राप्रपाद्वारा बैठक आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । राप्रपाले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरेको हो । बैठक शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी आहवान गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा...
त्रिविमा शुक्रबार शोक विदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।...
नेकपा एस निकट अखिलले मकवानपुरमा उम्मेद्वार उठाउने
मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले आगामी चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेद्वार उठाउने भएको छ । स्ववियू चुनाव हुने जिल्लाका विभिन्न सात वटा क्याम्पसमा आफ्नो संगठनबाट उम्मेद्वार उठाउने भएको हो । चुनावमा...
हेटौंडामा कक्षा ८ को परीक्षा चैत्र ९ बाट सुरु हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका भित्रका निजि तथा सामुदायिक विद्यालयहरुमा माध्यामिक तह कक्षा ८ को परीक्षा आगामी चैत्र ९ गतेबाट सुरु हुने भएको छ । स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारको प्रयोग गर्दै चैत्र ९ गतेबाट परीक्षा संचालन हुने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका...
एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा पनि सुरु
मकवानपुर । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा सुरु भएको छ । आज मकवानपुरमा भएको एमालेको विस्तारित बैठकबाट अभियानको सुरुवात भएको हो । ग्रासरुट अभियानलाई सफल बनाउन विस्तारित बैठकले फागुन १५ गतेभित्र पालिका कमिटि तथा फागुन २० गतेभित्र जनसंगठनको बैठक सक्ने निर्णय गरेको एमाले मकवानपुरका जिल्ला अध्यक्ष तथा बागमती...










