लागूऔषधसहित मकवानपुरका घिसिङ पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ खैरधारीबाट लागूऔषध अफिम एक किलोसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय नर मान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, गएराति ११ः४० बजेको समयमा घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त परिमाणको अफिम बरामद गरेपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका घिसिङमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
