समाचार

कैलाशका नागरिकले गाउँमै पाउने भए आँखा उपचार सुविधा

मकवानपुर । कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालनमा आउने भएपछि स्थानीय नागरिकले आफ्नै गाउँबाट आँखा उपचार सुविधा पाउने भएका छन् । मकवानपुरको विकट कैलाश गाउँपालिकाको कालिकाटारमा आँखा केन्द्र सञ्चालन गर्ने सम्बन्धी बिहीबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि यस्तो सुविधाको सुनिश्चितता भएको हो । तिलगंगा आँखा...

सर्वोच्चद्वारा सन्दीपलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार

काठमाडौं । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेका सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति अस्वीकार गरेको हो । न्यायाधीश खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा...

पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु

काठमाडौं । तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी रहेका छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर...

मकवानपुरका घलानसहित तीन जना पक्राउ

मकवानपुर । प्रहरीले दुई छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कालीकोटा र धालिङ जिल्लाबाट मकवानपुरका एक जनासहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्रामसहित २ जनालाई...

राप्रपा राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ । राप्रपा कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल भएको थियो । बैठकले राष्ट्रपतिको कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने...

हेटौंडा सिमेन्ट उद्योगको पुनः उत्पादन सुरु

मकवानपुर । कोइलाको अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले शुक्रबारबाट पुनः उत्पादन सुरु गरेको छ । करिब दुई हप्तादेखि बन्द रहेको उद्योग कोइला आपूर्ति भएपछि पुनः उत्पादन सुरु गरेको हो । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला ८ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा अहिलेलाई एक...

बलात्कार आरोपमा युवक पक्राउ

झापा । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली रहेको जिल्लल प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, अशोकले गत पुस २९ गतेदेखि पटक–पटक बलात्कार गरेको भनि ती किशोरीले उजुरी...

मकवानपुरमा जंगली हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग

मकवानपुर । नेकपा एमालेका सांसद महेश बर्तौलाले मकवानपुरको मनहरीलगायत विभिन्न स्थानमा यमगज नामको हात्तीले स्थानीयलाई दु:ख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । सांसद बर्तौलाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो कुराको माग गरेका हुन् । उनले हात्तीको आक्रमणबाट गत सोमबार मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने ६४ वर्षीया राधा अधिकारीको मृत्यु...

सरकारले दिने आकस्मिक विदाका दिन बैंक तथा वित्तीय संस्था बन्द नहुने

काठमाडौं । सरकारले दिने आकस्मिक विदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नहुने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो । अब नेपाल राष्ट्र...

कांग्रेसले सांसदहरुलाई विषय विज्ञबाट परामर्श दिने

काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारी स्वरुप विषयविज्ञहरु बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो । कांग्रेसका सांसद उदयशमशेर राणाले...