मन्दिरमा चोरी गर्ने पाँच जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन २०, शनिबार १८:३४
सांकेतिक तस्बिर

जनकपुरधाम । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

शुक्रबार पक्राउ गरेका उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । उनीहरूलाई चोरी गरेको सरसामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपािलका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला साह सोही ठाउँका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपािलका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो रहेका छन् ।

मन्दिरबाट चोरी भएको देवीको चाँदीको मूर्ति, गिलास र सुनका मनटिका, नथिया, सिक्री कानको झुम्का लगायतको सुन चाँदी समेत बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।