सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

तु खबर संवाददाता
२०७९ फाल्गुन २०, शनिबार १७:११

काठमाडौं । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो ।

मोर्चाको संयोजकमा युवराज आफैं रहेका छन् । मोर्चाले ९ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिए ।