सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
जनकपुरधाम । धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको ज्यान गएको हो ।
दुर्घटनामा परेर सख्त घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले उनीहरूलाई जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
