मोटरसाइकल दुर्घटना हुँदा हेटौंडाका सापकोटाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २०, शनिबार १६:४३

मकवानपुर । भैसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ तिरतिरे धारामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भैसेबाट हेटौंडातर्फ आउँदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बस्ने ५० वर्षीय कृष्ण सापकोटा रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका सापकोटाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।