सवारी दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते

तु खबर संवाददाता
२०७९ फाल्गुन १९, शुक्रबार १८:३१
File Photo

मकवानपुर । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

दिउँसो २ बजेको समयमा बज्रबाराहीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ८२६५ को मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका–६ बज्रबाराही बस्ने ३८ वर्षीय तेजकुमार बिडारी र उनको श्रीमती ३३ वर्षीया सुनिता बिडारी रहेका छन् । घाइते मध्ये सुनीताको अवस्थामा मध्यम रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।