स्ववियु निर्वाचन : उपत्यकाका २१ वटा क्याम्पमा विद्यार्थी संगठन दर्ता
काठमाडौं । स्ववियु निर्वाचनका लागि काठमाडौं उपत्यकाका २१ वटामा विद्यार्थी संगठन दर्ता भएका छन् । उपत्यकाको २२ वटा आंगिक क्याम्पसमध्ये २१ वटा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले दर्ता गराएका हुन ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि आज संघ संगठन तथा समूह दर्ताको समय तोकेको थियो । सोही आधारमा आज संगठन दर्ता गराएका हुन् ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले कृत्तिपुरमा रहेको आयुर्वेदिक क्याम्पसमा दर्ताको प्रक्रिया सुरु नै नभएको बताए । ती बाहेकका अन्य क्याम्पसहरूमा भने उत्साहजनक रूपमा दर्ता गरिएको उनको भनाइ छ ।
सबैभन्दा बढी घण्टा घरमा रहेको त्रिचन्द्र कलेजमा २४ वटा संघ संगठन दर्ता भएका छन् । त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा १९ वटा संगठन दर्ता भएका छन्।
आगामी चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ।
