सरकारले प्रतिलिटर ९ रुपैयाँ बढायो दूधको भाउ

काठमाडौं । सरकारले दुधको भाउ प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको भाउ लिटरमा ९ रुपैयाँले बढाएर प्रतिलिटर ६५ रुपैयाँ पुगेकोनिर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।
अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।
यसअघि २०७८ माघ २७ मा तत्कालीलन देउवा सरकारले दूधको भाउ कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले बढाएको थियो । राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत फागुन २ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको भाउ १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो । दूधको मूल्य बढाउने पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेको थियो ।