सामान्य प्रशासन मन्त्रालयले २८ उपसचिवको पदस्थापन गर्यो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ । बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो ।
पदस्थापन गरिएका अधिकांश उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ । पदस्थापन भएका उपसचिवहरुमा बाबुराम ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जिवन चन्द्र राई लगायत रहेका छन् ।
