बुधबार दोहोरो अंकले घट्यो शेयरबजार
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५ को विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ। शेयरबजार घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ ।
यसअघि मंगलबार नेप्से ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
यस्तै, नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक लघुवित्त उपसूचक २.६५ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक २.२८ प्रतिशतले घटेको छ ।
