समाचार
आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । वि सं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत...
हेटौंडामा प्रदेश स्तरीय कराते प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा ‘बागमती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू) र हेटौंडा उपमहानगरपालिका–१८ को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा हेटौंडा–१८ को ठूलोदमारस्थित मकवानपुर बाल विद्या सदनमा फागुन ६ गतेबाट सुरु...
भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ
धनगढी । कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९...
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
डोटी । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेवका...
परिवार दलका अध्यक्ष ढकालले दिए महाशिवरात्री पर्वको शुभकामना
हेटौंडा । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व शान्ति तथा पुनः निर्माणमन्त्री एकनाथ ढकालले महाशिवरात्री पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । शनिवार शुभकामना सन्देश जारी गर्दै ढकालले सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामनासहित यस पर्वले राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सद्भाव बलियो...
बागमती प्रदेश : ५६७ छोरी–बुहारीलाई छात्रवृति प्रदान
मकवानपुर । बागतमी प्रदेश सरकारले ५ वर्षको कार्यकालमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ जना छोरी–बुहारीलाई छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म गरेको कामहरुलाई समेटेर सार्वजनिक गरेको पुस्तक अनुसार, प्रदेशको ५६७ जनालाई उक्त छात्रवृति प्रदान गरेको हो । प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार एक...
‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रबार ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । रेडियोले सप्ताहव्यपी कार्यक्रमको पाचौं दिन हेटौंडा–१५ स्थित रातोमाटेमा ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । श्रम...
सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । सप्तरी र कपिलवस्तुमा भएका छुट्छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सो गाउँपालिकाको डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को २८ प ६५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक...
एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु
काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले शुक्रबारबाट २ महिनाका लागि उक्त अभियान सुरु गरेको हो । अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दै पार्टीलाई जगैदेखि बलियो बनाउनेगरी संगठन बनाउन अभियानमा खटिने सबै नेता कार्यकर्ताहरूलाई निर्देशन...
संवैधानिक परिषद्को विवादास्पद विधेयक फिर्ता
काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लिएको संसद सचिवालय स्रोतले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी संवैधानिक...










