राष्ट्रिय सभा बैठक : सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १६:०७

काठमाडौं । राष्ट्रिय सभाको आज बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन् । उनको हृदयाघातका कारण गत फागुन १३ गगते भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।