बागमती प्रदेश सभा बैठक सर्यो

तु खबर संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १६:२४

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बस्ने गरी बोलाइएको बैठक केही घण्टा पर सरेको छ । अपराह्न १ बजे बस्ने गरी बोलाइएको बैठक झण्डै साढे ५ घण्टा पर सरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठक साढे ५ बजे बस्ने गरी सरेको हो । आइतबारको बैठकमा कर्मचारी सम्बन्धि दुई विधेयक पेश गर्ने कार्यतालिका रहेको थियो । प्रदेश सभा बैठकअघि विधेयकबारे समितिमा सहमति जुटाउन बसेको विधेयक व्यवस्थापन विषेश समितिको बैठक बिहान ८ बजेदेखि हालसम्म पनि जारी छ ।

सो समितिमै संशोधन प्रस्तावमाथि सहमति जुट्दा नसक्दा प्रदेश संसद सचिवालयले १ बजेका लागि बोलाएको बैठक सरेको सुचना जारी गर्दै आइतबार बेलुका साढे ५ बजे बस्ने जानकारी गराएको हो ।