प्रदेश प्रमुखले गराए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ
हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ ग्रहण भएको छ । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई सपथ गराएका हुन् ।
नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा बानियाँलाई प्रदेश प्रमुखले सपथ गराएका हुन् । बहादुर सिंह लामा संसदीय दलको नेतामा पराजीत भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि बानियाँलाई मुख्यमन्त्री बन्न बाटो खुलेको हो । यसअघि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले निर्देशन पदएका थिए ।
देउवाको निर्देशनपछि उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिएका हुन् ।
