रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठक पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी सोमबारका लागि बोलाइएकोहो । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाले जनाएको छ ।
