सन्दीप लामिछानेको मुद्दाको आज पनि सुनुवाइ हुँदै

तु खबर संवाददाता
२०७९ फाल्गुन १५,सोमबार ०८:१९
file-photo

काठमाडौं । नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुँदैछ ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुने भएको हो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भएका थिए । उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका विरुद्ध लामिछाने सर्वोच्च गएका हुन् । जसविरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइहेको हो ।