नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी

तु खबर संवाददाता
२०७९ फाल्गुन १४,आईतवार १८:३७

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बालुवाटारमा आठ दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक ठाउँमा उभिएका छन् । आजको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।