राष्ट्रपति चुनावको मनोनयन दर्ता आज

तु खबर संवाददाता
२०७९ फाल्गुन १३, शनिबार ०८:५२

काठमाडौं । राष्ट्रपति चुनावको लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ ।

राष्ट्रपति निर्वाचन आगामी २५ गते हुने चसनावका लागि आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।

राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।