बागमती प्रदेश सभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बस्दै आज अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
आज बस्ने प्रदेश सभा बैठकमा दुई वटा विधेयकमाथि छलफल हुने भएको छ । प्रदेश सभा बैठकमा स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल हुने कार्यसूची रहेको प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त विधेयक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गत फागुन १० गते बुधबार बसेको प्रदेश सभा बैठकमा विचार गरियोस् भनि प्रस्ताव टेबुल गरेका थिए । ती विधेयकमाथि बुधबार पनि सैद्धान्तिक छलफल भएको थियो ।
आजको प्रदेश सभामा ती दुबै विधेयकमाथि दफाबार छलफल हुने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको प्रदेश सभाका सभामुख पाठकले जानकारी बताए ।
