करेन्ट लागेर एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १८:३३
file-photo

भक्तपुर । भक्तपुरमा शनिबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा काम गर्ने २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर मृत्यु भएको हो ।

काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

माझी काभ्रे चौरीदेउराली गाउँपालिका–४ की स्थायी बासिन्दा हुन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।