दुर्घटनामा परेर एकको मृत्यु, ४ घाइते
जनकपुरधाम । धनुषामा मोटरसाइकल एकापसमा ठोक्किँएर दुँघटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार, विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइलकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर सबैला नगरपालिका–७ का जितु ठाकुर बरही, सोही नगरपालिका–५ सुरज मण्डल, सबैला नगरपालिका–१० का मनोज यादव र रविन्द्र मण्डल घाइते भएका छन् । घाइतेमध्ये जितु ठाकुर बरही र सुरज मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
