मकवानपुर प्रहरीले हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाईयो

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १८:४८

मकवानपुर । मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । जिल्लाको बकैया गाउँपालिका–३, हात्तीसुडेका कृष्ण घिमिरेको चोरी भएको मोटरसाइकल फेला पारी बिहीबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गत माघ २९ गते बकैया–३, हात्तीसुडेस्थित घिमिरेको घरमै पार्किङ गरिराखेको बा प्र ०३–००२ प १५७७ नम्बरको २०० सिसिको पल्सर एनएस मोटरसाइकल चोरी भएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा गत सोमबार सर्लाही जिल्लाको बागमती नगरपालिका–१, डाबडाँडाबाट बरामद गरी आज सम्बन्धित धनीलाई बुझाएको हो ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।