नेकपा एस निकट अखिलले मकवानपुरमा उम्मेद्वार उठाउने

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १६:५९

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले आगामी चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेद्वार उठाउने भएको छ ।

स्ववियू चुनाव हुने जिल्लाका विभिन्न सात वटा क्याम्पसमा आफ्नो संगठनबाट उम्मेद्वार उठाउने भएको हो । चुनावमा अन्य विद्यार्थी संगठनहरुसंग सहकार्यका अखिलका स्थायी कमिटी सदस्य सुलभ अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिती गरिएको छ ।

मकवानपुरमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, पालुङ बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, बंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वनविज्ञान अध्ययन संस्थानमा स्ववियू चुनाव हुँदैछ ।