जबरजस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष फरार
दार्चुला । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि दार्चुलका एक जना वडाध्यक्ष फरार भएका छन् । जबरजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिह धामी फरार भएका हुन् ।
फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत माघ २० मा राती घरमा गएर जबरजस्ती करणी गरेको भन्दै गत शुक्रबार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् ।
सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका हुन् । फरार धामीको खोजी कार्य हुनुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
