समाचार

भैरव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडामा रहेको भैरव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग भएको छ । विद्यालयका विद्यार्थीहरुलाई रोटरी क्लब अफ मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच शैक्षिक सामग्री सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षासम्मका ४७ जना विद्यार्थीहरुलाई झोला, कपि, पेन्सिललगायतका शैक्षिक सामग्री...

मकवानपुरका दोङ झुण्डिएको अवस्थामा मृत फेला

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ आमभञ्ज्याङ (पेटीटोल) मा आज बिहान एक जनाको शव फेला परेको छ । स्थानीय बस्ने पेमा दोङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीका अनुसार, २२ वर्षीय दोङ बिहान १०ः१० बजेको समयमा...

मकवानपुरमा सवारी दुर्घटना, ५ जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटारस्थित आज बिहान सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहान हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र.२–०३–००१ ख.६४३१ नम्वरको सिमेन्ट लोड गरेको बाह्र चक्के ट्रकले झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना.४१ प.८५३२ नम्वरको पल्सर मोटरसाइकल र...

सन्दीप लामिछानेको मुद्धामा कैफियत प्रतिवेदन माग गर्ने सर्वोच्चको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो । एक नावालिकको बलात्कार मुद्धामा जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्न दिएको आदेश उच्चले उल्ट्याइदिएपछि सर्वोच्च अदालतमा परेको पुनरावेदन उपर...

गाडी चलाउँदा बेहोस भएपछि नेता भुसाल अस्पताल भर्ना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । तीनकुनेस्थित पार्टी कार्यालय जाँदै गर्दा भुसालको स्वास्थ्यमा समस्या आएको हो । भुसाललाई बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । ड्राइभर साथै राखेर गाडी चलाइरहेका भुसाल...

मकवानपुरका मोक्तान मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ मा गएराति एक जनाको शव फेला परेको छ । गएराति १० बजेको समयमा स्थानीय २३ वर्षीय तिलकबहादुर मोक्तान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मोक्तान घर नजिकैको जंगलमा रुखमा प्लाष्टिकको...

हेटौंडा मेलामा शुक्रबार कर्मा ब्याण्डको प्रस्तुती रहने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज कर्मा ब्याण्डको प्रस्तुती रहने भएको छ । ब्याण्डका टोली बिहीबार नै हेटौंडा आइपुगेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज कर्मा ब्याण्डको साथै गायक नस राज र गायिक ऋतु कंडेलको...

विष सेवनबाट हेटौंडाका लोप्चनको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप बस्ने लक्ष्मण लोप्चनको विष सेवनबाट मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय लोप्चनको झार मार्ने प्याराकोईट नामक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लोप्चनले गत...

आजबाट कैलाशको भार्ताबाट काठमाडौं सिधा बस सेवा सुरु

मकवानपुर । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटार हुँदै काठमाडौंसम्म आज शुक्रबारदेखि बस सेवा संचालनमा आएको छ । गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले एउटा बस भार्ताबाट काठमाडौंतर्फ जाने र अर्को बस काठमाडौंबाट भार्ताका लागि छुट्ने गरी संचालनमा आएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । कैलाशको तल्लो बेल्टका ६ वटा वडाबासीले अहिलेसम्म...

बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से २२.१२ अंकले घटेर २०९४ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ...