चितुवाको छालासहित बिक र खत्री पक्राउ
धनगढी । कैलालीमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बिक र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
उनकाअनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला बरामद गरेको हो ।
उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने विभिन्न भागका गरेर २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
