मकवानपुरमा हात्तीको आक्रमणबाट अधिकारी घाइते

तु खबर संवाददाता
२०७९ फाल्गुन ८,सोमबार १६:३१
file-photo

मकवानपुर । मकवानपुरमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् ।

बिहान करेसाबारीमा काम गर्दै गरेकी अधिकारीलाई हात्तीले आक्रमण गर्दा घाइते भएकी हुन् । घाइते उनको अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका छन् ।