समाचार

अचेत अवस्थामा भेटिएका एकको मृत्यु

मकवानपुर । अचेत अवस्थामा फेला परेका हेटौंडाका राजकुमार दमाईको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेर ४० मिनेटको समयमा हेटौंडा–२, प्रभाकर पथस्थित भित्री सडकखण्डको छेउमा अचेत अवस्थामा भेटिएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बेवारिसे भएर हिँड्ने (बजार एरियामा मागि खाई हिड्ने)...

हेटौंडाका गौतमसहित दुई जना प्रहरी नियन्त्रणमा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्लबाट प्रहरीले आइतबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण महतको घरमा डेरा गरी बस्ने थाहा नगरपालिका–३ डाडागाउँ बस्ने २८ वर्षीय कपिल बिष्ट र हेटौंडा उपमहानगरपालिका–५ बस्ने २९ को प्रेमप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

दुर्घटनामा परेर हेटौंडाका रिमालको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा हेटौंडाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शनिबार पुनर्वास नगरपालीका–५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्वरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा उनी...

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर

जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा उनलाई नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । सिरहा निवासी मुख्य...

देशको राजनीति भद्रगोल र डामाडोल हुन लाग्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको राजनीति भद्रगोल र डामाडोल हुन लागेको बताएका छन् । पार्टीको संगठन विभागद्वारा काठमाडौंमा आयोजित उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियानको तयारी बैठकमा थापाले यस्तो बताएका हुन् । उनले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा वितृष्णा देखिनुलाई शुभ संकेत...

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्वर–९ बस्ने ४७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । ललितपुर उच्च अदालतले २०७८ साउनमा भीमबहादुरविरुद्ध ९ लाख ६० हजार...

पोखरामा जलेर दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

पोखरा । पोखरा महानगरपालिका–१३ काहुँखोलामा आइतबार बिहान जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जलेका दुई जनामध्ये महिलाको अवस्था...

दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नमवर १५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्वरको ट्याङ्करले बा ८१ प १७८६ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका वडा नम्वर २४ बस्ने ५५...

अन्तरघातीको सूची पठाउन कांग्रेसद्वारा पुनः म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले गत आम निर्वाचनका अन्तरघातीलाई कारबाहीका लागि सिफारिस गर्ने समय पुनः थपेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको सूची यही माघ १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो । कांग्रेस सचिव प्रेम केसीले आज एक विज्ञप्ति...

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अनन्त थापा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । थापालाई आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरेका हुन् । यस्तै, गंगा गुरुङ सहायक...