सामाजिक सञ्जाल ह्याक गरी ठगेको आरोपमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
