विप्लवले देशब्यापी विरोध प्रदर्शन गर्ने

तु खबर संवाददाता
२०७९ माघ २५, बुधबार १६:०४
file-photo

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । विप्लवले आगामी फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको हो ।

बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

साथै बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको उनले बताए । जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’