कांग्रेसको बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक बिहान ९ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ ।
यही माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा उक्त पद अहिलेसम्म रिक्त छ ।
