९ किलो सुनसहित क्यानडाली नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद कमल माहगोब रहेका छन् ।
दुबईबाट सुन लिएर आएका उनलाई विमानस्थलमा चेकजाँचको क्रममा पक्राउ गरेको भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए ।
उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति १२ बजेको समयमा पक्राउ गरेको हो । उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौंमा ओर्लिएका हुन् ।
