समाचार

१३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । तीन दिनपछि खुलेको शेयरबजार आज दोहोरो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म १३.७१ अकले घटेर २१६५ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६...

स्ववियु निर्वाचनका लागि अनुगमन समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयका शिक्षाध्यक्ष डा. शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहाल र समितिका...

जिप दुर्घटनामा परेर एक जनाको मृत्यु, ७ घाइते

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ काफलगौरमा आज दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले...

हेटौंडामा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा यही माघ १६ गते सहिद दिवसको अवसरमा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । कविता प्रतियोगिता पशुपती मन्दिर हेटौंडा–४ मा...

पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ

काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई बिराटनगर बसपार्कबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ मा आलम संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । स्पष्ट फिक्सिङमा नेपाली राष्ट्रिय क्रिकेट...

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो प्रमुख सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् । गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए । आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति...

लागूऔषधसहित एक जना पक्राउ

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ माझिमटारबाट अवैध लागूऔध गाँजासहित प्रहरी एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अन्दाजी ४ केजी गाँजासहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको धुनिबेसी नगरपालिका–३ बस्ने २३ वर्षीय निश्चल पुरी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट...

रास्वपाले देशभर संगठन विस्तार गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । आगामी चैत्रसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले जनाएको छ । यही माघ...

क्यालिफोर्निायामा गोली चल्दा १० जनाको मृत्यु

क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ । चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज काठमाडौंमा बस्दैछ । निर्वाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा, भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रीत हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । भोलिसम्म संचालन हुने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण...