सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

तु खबर संवाददाता
२०७९ माघ १८,बुधबार ०७:४९
file-photo

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।

असोज २० मा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर, उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

पुस २९ मा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।