महिला एसिया कप क्रिकेटः उपाधि होडबाट बाहिरियो मलेसिया

काठमाडौं । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट मलेसिया बाहिरिएको छ ।
सोमबार सम्पन्न खेलमा श्रीलंकासँग पराजित भएसँगै मलेसिया उपाधि होडबाट बाहिरिएको हो ।
पहिलो खेलमा थाइल्यान्डसँग २२ रनले पराजित भएको मलेसिया टेस्ट राष्ट्र श्रीलंकासँग एक सय ४४ रनले पराजित भएको हो ।
यससँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
श्रीलंकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।