यूएईलाई हराउँदै नेपाल १ रनले विजयी
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा नेपालले १ रनले यूएईसँग विजयी भएको छ ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनायो । यूएईका लागि अलिशान सराफूले ५८ रन बनाएका थिए भने ध्रुब परासरले ३८ रन बनाए ।
अन्तिम ओभरको खेलमा आएपछि युएईलाई जीतको निम्ति १० रन आवश्यक थियो । बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि त्यसपछि दीपेन्द्रले पराशरलाई क्याचआउट गराएका थिए । अन्तिममा १ बलमा ३ रन आवश्यक हुँदा यूएईले १ रन मात्र जोड्न सकेको थियो । जसकारण खेलमा नेपाल विजयी भएको हो ।
नेपाली टिमका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३ विकेट लिए । सन्दीप लामिछाने, गुल्शन झा र सोमपाल कामीले १ १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धसतकको मद्धतले १४० रन बनाएको थियो । ६ विकेट गुमाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाएका थिए भने कुशल भुर्तेलले २८ रन बनाए । रोहित पौडेलले २० र गुल्सन झाले १४ रन बनाएर आउट भए ।
