यू–१९ महिला विश्वकपः नेपालले आज स्कटल्याण्डसँग खेल्ने

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार ०९:५४
file-photo

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत नेपालले आज स्कटल्याण्डसँग खेल्ने भएको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुने जनाइएको छ ।

नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर रहेका छन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।

दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने अपेक्षा राख्ने छन् ।