भुर्तेलको अर्धसतकसँगै नेपालसित कुवेत पराजीत
काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत हिजो वुधबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
टस जितेर व्याटिङको निम्तो पाएको नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो । यो लक्ष्य पछ्याएको कुवेत १८.१ ओभर खेल्दै जम्मा ८३ रनको योगफल तयार पारेर अल आउट भयो । कुवेतका अन्टोले सवै भन्दा बढी २६ रन बनाएका थिए । यस पछि यासिन पटेलले १९ रन जोडे ।
नेपालका लागि ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले २/२ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको योगफल तयार पर्दा ३ छक्का प्रहार गरेका थिए ।
कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले २/२ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १/१ विकेट लिए ।
